काठमाडौं – अख्तियार प्रमुखसहित १० हाई प्रोफाइललाई धम्की दिने व्यक्तिलाई फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३३ वर्षीय नेपाली नागरिक प्रकाश पाठक रहेका छन्। उनले हाई प्रोफाइललाई सामाजिक सञ्जाल फेसबुकमा भिडियो र अडियो सन्देश पोस्ट गरेर धम्क्याउँदै आइरहेका थिए।
पाठकविरुद्ध गत मंसिर २६ मा डिफ्युजन नोटिस समेत जारी गरिएको थियो। उनीविरुद्ध जबरजस्ती चन्दा र आपराधिक षड्यन्त्रको लागि इन्टरपोल प्रसार जारी गरिएको थियो। उनलाई डिसेम्बर ३१ मा मालोलोस सहरको बाराङ्गे क्याटमोनस्थित पासेओ डे कंग्रेसोबाट पक्राउ गरिएको फिलिपिन्स प्रहरीले जनाएको छ।
फिलिपिन्स प्रहरीका अनुसार पाठक २०२५ अगस्ट १८ मा फिलिपिन्स पुगेका र डिसेम्बर १८ सम्म बस्ने अनुमति पाएका अनुसन्धानका क्रममा खुल्न आएको छ।





About Us
प्रतिक्रिया