एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा राम कृष्ण खतिवडा

'आगामी ४ वर्षको लागि नियुक्त भएका हुन्'


काठमाडौं – एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा राम कृष्ण खतिवडा नियुक्त भएका छन्। बैंकको पुस २० गते सम्पन्न ७४६ औँ बैठकले ४ वर्षका लागि सो पदमा खतिवडालाई नियुक्त गरेको हो। बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव सम्हालेका खतिवडा आगामी ४ वर्षको लागि सो पदमा नियुक्त भएका हुन्।

चार्टर्ड फाइनान्सियल एनालिष्ट (सीएफए) तथा चार्टर्ड इकोनोमिष्ट (सीएचई) गरेका उनले पूर्वाधार विकास, परियोजना विकास तथा व्यवस्थापन, ऊर्जा नियमन, सार्वजनिक निजी साझेदारी (पीपीपी) लगायतका क्षेत्रमा दुई दशक भन्दा लामो व्यावसायिक अनुभव संसम्हालेका उनी विज्ञका रूपमा समेत परिचित छन्।

यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, विद्युत् नियमन आयोगको सदस्य, एनआईबीएल एस क्यापिटल लिमिटेडको महाप्रबन्धक तथा कम्पनी सचिव, हाइड्रोइलेक्ट्रिसिटी ईन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीयल)को फाइनान्सियल एनालिष्ट तथा सहायक महाप्रबन्धक, लगानी बोर्ड नेपाललगायतका विभिन्न संस्थामा उच्च पदमा रहेर काम गरेका छन्।