रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँट


काठमाडौं – रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँट गरेको छ। कम्पनीले गत पुस ७ गतेदेखि ११ गतेसम्म प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले ९ लाख २४ हजार ७६८ कित्ता शेयर निष्काशन गरेको आईपीओ आज बाँडफाँट गरेको हाे।

यसमा ५ लाख ३२ हजार ८८८ जनाले २ करोड ७२ लाख १५ हजार १०० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ५ लाख १९ हजार ४६ आवेदन स्वीकृत भएका छन् भने १३ हजार ८४२ आवेदन रद्द भएका छन्।

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाकाे माध्यमबाट बाँडफाँट गरिएको छ। जसमा सदर आवेदकमध्ये १८ हजार ४९५ जनाले ५० कित्ताका दरले शेयर पाएका छन् ।

बाँडफाँट गर्दा बाँकी रहेको १८ कित्ता शेयर सोही लगानीकर्ताहरुमा थप एक कित्ताका दरले बाँडफाँट गर्दा १८ जनाले ५१ कित्ताका दरले कम्पनीको शेयर पाएका छन्।