नेप्सेमा दोहोरो अंकको गिरावट आउँदा, खुम्चियो कारोबार रकम


काठमाडौं – साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार दोहोराे अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १८.८३  अंकले घटेर बजार २६ सय २० दशमलव ९२ को बिन्दुमा बन्द भएको हो।

आज दिनभरमा ३३६ कम्पनीको कारोबार गर्दा कुल ४ अर्ब ७१ करोड ३९ लाख रुपैयाँ शेयर कारोबार भएको छ। त्यससँगै, १ करोड १ लाख ५३ हजार कित्ता शेयर किनबेच भएको छ। आज ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८९ कम्पनीको शेयर मूल्य घटेसँगै ८ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।

आज एसवाई प्यानलको सबैभन्दा बढी शेयर कारोबार भएको छ। यस कम्पनीले आज २३ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, सिमेन्ट सिमेन्टको १३ करोड ८० लाख रुपैयाँको  कारोबार गरेको भएको छ।

आज विन नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, एसवाई प्यानल नेपालका लगानीकर्ताले ९.०९ प्रतिशतका दरले कमाएका हुन्। आज ग्लोबल आइएमई समुन्नत योजना –२ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले गुमाएका हुन्।