काठमाडौं – धनुषाबाट श्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक व्यक्ति पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय धनुषा तथा मातहतका प्रहरी चौकीको संयुक्त टोलीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका ४ स्थित माछा बजारमा डेरा गरी बस्दै आएका ३५ वर्षीय रंजित कुमार साहलाई पक्राउ गरेको हो।
उनी महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नं.४ का स्थायी बासिन्दा कामेश्वर साहका छोरा हुन्। प्रहरीका अनुसार साहको डेरा कोठाबाट स्रोत नखुलेको नगद रकम १० लाख ३ हजार, विभिन्न कम्पनीका मोबाइल फोन ३ थान, नगद गणना मेसिन १ थान र उनले प्रयोग गर्दै आएको स्कुटर बरामद गरेको छ।
पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया