स्याङ्जाबाट चोरी मुद्दामा फरार दुई जना प्रहरीको फन्दामा 


काठमाडौं – अदालतबाट चोरी मुद्दामा कैद र जरिवाना फैसला भएका फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जाका शंकर अधिकारी र तमबहादुर गुरूङ रहेका छन्। 

पक्राउ मध्येमा अधिकारीलाई जवरजस्ती चोरीमा ३ हजार र सार्वजनिक अपराधमा २ हजार जरिवाना र गुरूङलाई नकवजनी चोरीमा १ महिना १५ दिन कैद र जवरजस्ती चोरीमा १ महिना १५ दिन कैद तोकिएको थियो।

जिल्ला प्रहरी कार्यालय, स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले  स्याङ्जा जिल्ला अदालतबाट मुद्दा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

उनीहरूलाई पक्राउ गरी  कैद तथा जरिवाना भुक्तानको लागि सम्मानित स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराईएको प्रहरीले जनाएको छ।