ललितपुरबाट सात जना जुवाडे पक्राउ, ७ लाख ३६ हजार बरामद 


काठमाडौं – ललितपुरको गोदावरी नगरपालिका– १४ ठैब लाखे टोल डेरा गरी बस्ने खोटाङ घर भएकी २९ वर्षीया संगीता कार्कीको कोठामा जुवातास खेलिरहेको अवस्थामा संगीता समेत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७ लाख ३६ हजार ४ सय ७० रुपैयाँसहित पक्राउ गरेको हो। साथै, प्रहरीले उनीहरूले प्रयोग गरेको ५ थान मोटरसाइकल समेत बरामद गरेको छ। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।