मिथिला र डिप्रोक्स लघुवित्तसहित ४ कम्पनीको शेयर मूल्य समायोजन


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज ४ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ। आज नेप्सेमा मिथिला लघुवित्त, डिप्रोक्स लघुवित्त, सपोर्ट लघुवित्त र छिमेक लघुवित्तको शेयर मूल्य समायोजन भएको हो।

मिथिला लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर समायोजन पश्चात शेयर मूल्य १३२५.९५ रुपैयाँ कायम भएको छ। संस्थाको सोमबारको अन्तिम कारोबार मूल्य १५१४.९० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको छ।

त्यस्तै, सपोर्ट लघुवित्तको ९.५० प्रतिशत बोनस शेयर समायोजन पश्चात शेयर मूल्य १७२२.३७ रुपैयाँ कायम भएको छ। कम्पनीको अन्तिम कारोबार मूल्य १८८६ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो।

त्यसैगरी, डिप्रोक्स लघुवित्त, १० प्रतिशत बोनश शेयर समायोजन पछि शेयर मूल्य ८०० रुपैयाँ कायम भएको छ । संस्थाको अघिल्लो कारोबार मूल्य ८८० रुपैयाँलाई आधार मानेर समायोजन गरेको हो। त्यस्तै, छिमेक लघुवित्तको १२.५० प्रतिशत बोनश शेयरपछिको मूल्य समायोजन भएको हो।

मूल्य समायोजन पश्चात शेयरमूल्य ९२८.८० पैसा कायम भएको छ। संस्थाको सोमबारको अन्तिम कारोबार मूल्य १०४४.९० रुपैयाँको आधारमा मूल्य समायोजन गरिएको हो।