यी हुन् आज नेप्सेमा सर्वाधिक कमाउने ५ कम्पनी


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०.५३ अंकले घट्दा समेत ५ कम्पनीका लगानीकर्ताले भने ५ प्रतिशत भन्दा बढीका दरले कमाएका छन्। आज सर्वाधिक कमाउने कम्पनीहरुमा एसवाई प्यानल नेपाल, ग्लोबल आइएमई समुन्नत योजना –२ त्यस्तै, कर्पोरेट डभलपमेन्ट बैंक, त्यसैगरी सप्तकोशी डेभलपमेन्ट बैंक र ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन्।

जसमा एसवाई प्यानल नेपालका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, ग्लोबल आइएमई समुन्नत योजना –२ का लगानीकर्ताले ९.९४ प्रतिशतका दरले कमाएका छन्। यससँगै, क्रमशः कर्पोरेट डभलपमेन्ट बैंक ६.७६ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंक ६.५४ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५.८५ प्रतिशत का दरले कमाएका छन्।

त्यसैगरी, आज विन नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, सुपर मादी हाइड्रोपावर ३.८३ प्रतिशत र मानुसी लघुवित्तका लगानीकर्ताले ३.३२ प्रतिशतका दरले गुमाएका छन्।

त्यस्तै, आज एसवाई प्यानल नेपालको सबैभन्दा बढी शेयर कारोबार भएको छ। यस कम्पनीले आज २३ करोड २ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, मन्जुश्री फाइनान्सको १७ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार गरेको छ।