काठमाडौं – साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार दोहारो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०.५३ अंकले घटेसँगै सूचक २६ सय २२ दशमलव ८८ को बिन्दुमा बन्द भएको हो।
आज दिनभरमा ३३७ कम्पनीको कारोबार गर्दा कुल ४ अर्ब ७७ करोड ४७ लाख रुपैयाँ शेयर कारोबार भएको छ। त्यससँगै, १ करोड ३७ हजार कित्ता शेयर किनबेच भएको छ। आज ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेसँगै ९ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।
आज एसवाई प्यानल नेपालको सबैभन्दा बढी शेयर कारोबार भएको छ। यस कम्पनीले आज २३ करोड २ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, मन्जुश्री फाइनान्सको १७ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार गरेको छ।
आज एसवाई प्यानलका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, ग्लोबल आइएमई समुन्नत योजना –२ का लगानीकर्ताले ९.९४ प्रतिशतक दरले कमाएका छन्।
त्यस्तै, आज विन नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले गुमाएका हुन्।
साथै, आज नेप्से दोहोरो अंकले घटेसँगै डेभलपमेन्ट बैंक र म्यूचुअल फण्ड बाहेकका अन्य ११ वटा सेक्टरहरु राताम्मै देखिएको छ। आज बैंकिङ्ग समूहमा ०.३८ प्रतिशतको गिरावट देखिएको छ। डेभलपमेन्ट बैंकिङ्ग समूहमा ०.६७ प्रतिशतले बढेको छ।





About Us
प्रतिक्रिया