काठमाडौं – रौतहटमा खोटा सम्बन्धी कसुर र किर्ते, ठगी आपराधिक लाभ आपराधिक विश्वासघात सम्बन्धी दुई छुट्टाछुट्टै कसुरमा संलग्न पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला प्रहरी कार्यलय रैतहटका अनुसार खोटा सम्बन्धी कसुर मुद्दामा मोतिहारीका जयप्रकाश कुमार, रौतहटका गेनालाल राउत पटेल र अजय पटेललाई अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको हो।
त्यस्तै, यस्तै, किर्ते, ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा पनि दुई जना प्रतिवादी पुर्पक्षका लागि कारागार चलान भएका छन्। रौतहटका रामपुकार महतो कोइरी र मकवानपुर हेटौंडाका राधाकृष्ण उपाध्याय रहेका छन्।
उनीहरुले रौतहटको कटहरिया स्थित २४ कित्ताको ९ बिगहा १८ कठ्ठा १५ धुर जग्गासम्बन्धी अदालतको किर्ते फैसला र पत्र खडा गरी गैरकानुनी रूपमा उक्त जग्गा आफ्नो नाममा दाखिला गराएको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया