काठमाडौं – शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतले आइतबार अग्रवाललाई धरौटी बुझाउने सर्तमा छाड्न आदेश दिएको हो।
अदालतको आदेशपछि उनलाई रिहा गर्ने प्रक्रिया थालिएको सीआईबी स्रोतले जनाएको छ। अग्रवाललाई १० दिनअघि काठमाडौंकाे चुनदेवी क्षेत्रबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को टोलीले नेपाल धितोपत्र बोर्डको सिफारिसअनुसार विभिन्न कम्पनीको शेयरको भित्री कारोबारमा संलग्नताको आरोपमा पक्राउ गरेकाे थियाे।
उनले हिरासतमै भोक हड्ताल समेत गरेका थिए। उनले हिरासतभित्रै सेबोनमा बढेको भ्रष्टाचार अन्त्य हुनुपर्ने र सेबोन अध्यक्षलाई निलम्बन गर्नुपर्ने माग राखेका थिए। पक्राउ परेको केही दिनपछि परिवारजनले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेको थियो।





About Us
प्रतिक्रिया