काठमाडौं – आज सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा चार कम्पनीहरूको शेयर मूल्य समायोजन भएको छ। आज नेप्सेमा सिनर्जी पावर, शिखर इन्स्योरेन्स, सन नेपाल लाइफ, र कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य समायोजन गरेको हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरूले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।जसमा सिनर्जी पावरको आइतबार कायम अन्तिम शेयर मूल्य ४३० रुपैयाँ २० पैसाका आधारमा नेप्सेले १० प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरी प्रतिकित्ता ३९१ रुपैयाँ ९ पैसा मूल्य तोकेको छ।
त्यसैगरी, शिखर इन्स्योरेन्सको ६ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरी नेप्सेले प्रतिकित्ता ६१५ रुपैयाँ तोकेको छ। आइतवार कायम अन्तिम शेयर मूल्य ६५१ रुपैयाँ ९० पैसाका आधारमा नेप्सेले शिखर इन्स्योरेन्सको शेयर मूल्य समायोजन गरेको हो।
त्यस्तै, सन नेपाल लाइफको ५ प्रतिशत बोनस शेयर प्रयोजनपछि नेप्सेले प्रतिकित्ता ४८९ रुपैयाँ ५२ पैसा तोकेको छ। कम्पनीको अघिल्लो कारोबारको अन्तिम शेयर मूल्य ५१४ रुपैयाँको आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो ।
यससँगै, कुथेली बुखरी स्मल हाइड्रोपावरले नेप्सेले १० प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरी प्रतिकित्ता १ हजार ६५० रुपैयाँ तोकेको छ। आइतबार कायम अन्तिम शेयर मूल्य १ हजार ८१५ रुपैयाँको आधारमा यस कम्पनीको मूल्य समायोजन भएको हो।





About Us
प्रतिक्रिया