काठमाडौं – मोरङको विराटनगर महानगरपालिका– १५ बाट स्रोत नखुलेको नगद ६ लाख रुपैयाँसहित सोही नगरपालिका–६ बस्ने ४९ वर्षीय अरबिन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नम्बर १–०४–००१ च ०१६४ नम्बरको कारमा सवार उनलाई उक्त रकम सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया