काठमाडौं – नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भुक्तानीको सीमामा हेरफेर गरेको छ । केन्द्रीय बैंकले एकीकृत परिपत्र-२०८१ मा संशोधन गर्दै चाँदी आयातमा भुक्तानीको सीमा हेरफेर गरेको हो ।
एक महिनामा उद्योगले बीस लाख अमेरिकी डलर र अन्य व्यवसायीले चार लाख अमेरिकी डलर सीमासम्म हुनेगरी सटही सुविधा प्रदान गर्न सकिने उल्लेख छ। परिपत्रमा केन्द्रीय बैंकले भनेको छ, ‘महिनामा एकपटक मात्र आयात गर्ने उद्योग र व्यवसायीको हकमा उपयुक्त सीमा क्रमशः अमेरिकी डलर बीस लाख (उद्योगको लागि) र अमेरिकी डलर चार लाख अन्य व्यवसायीको लागि) को सीमासम्म हुनेगरी सटही सुविधा प्रदान गर्न सकिनेछ ।’
यस्तै, सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुंडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रुपमा आफ्नै प्रयोजनको लागि चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर पाँच लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिनेछ । अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिनेछ ।



About Us
प्रतिक्रिया