काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४७.५५ अंकले बढ्दा ५ कम्पनीका लगानीकर्ताले भने आज सबैभन्दा बढी गुमाएका छन्। आज सबैभन्दा बढी गुमाउने कम्पनीहरुमा विन नेपाल लघुवित्त वित्तीय संस्था, ९ प्रतिशत आईसिएफसि फाइनान्स डिबेञ्चर २०८८, ९.५ प्रतिशत एनसीसी डेबेञ्चर २०८६, १० प्रतिशत एनआइएमबी डिबेञ्चर २०९० र ८.५ प्रतिशत नेपाल बैंक डिबेञ्चर २०८७ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।
जसमा विन नेपाल लघुवित्तका लगानीकर्ताले १० प्रतिशत, ९ प्रतिशत आईसिएफसि फाइनान्सको ३.४२ प्रतिशत र ९.५ प्रतिशत एनसीसी डेबेञ्चरका लगानीकर्ताले १.९७ प्रतिशतका दरले गुमाएका हुन। त्यस्तै, १० प्रतिशत एनआइएमबी डिबेञ्चरका १.९६ र ८.५ प्रतिशत नेपाल बैंक डिबेञ्चरका लगानीकर्ताले १.९१ प्रतिशतका दरले गुमाएका हुन्।
यससँगै, आज मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यस कम्पनीका लगानीकर्ताले ९.४९ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ६.९७ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै अप्पर स्याङ्गे हाइड्रोपावरका लगानीकर्ताले ६.५२ प्रतिशतका दरले गुमाएका छन्।
साथै, आज यूनियन हाइड्रोपावरको सबैभन्दा बढी शेयर कारोबार भएको छ। यस कम्पनीले आज २७ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, मन्जुश्री फाइनान्सको २४ करोड ८९ लाख रुपैयाँ, सिनर्जी पावर डेभलपमेन्टको २२ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ।





About Us
प्रतिक्रिया