काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलको नाम र फोटो दुरुपयोग गरी ठगी


काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नाम र फोटो दुरुपयोग गरी  फेक ह्वाट्सएप अकाउन्ट बनाएर पैसा माग्ने गरेको बताएकी छिन्। उनले आफ्नो सामाजिक सञ्जाल मार्फत यस्तो बताएकी हुन्।

उपमेयर डंगोलको नक्कली पहिचान बनाएर सर्वसाधारणलाई भ्रममा पार्दै पैसा असुल्न खोजेको उनले बताएकी छन्। उनले अज्ञात व्यक्तिहरूले नक्कली मोबाइल नम्बर प्रयोग गरी सम्बन्धित आफ्नो नाम र फोटो प्रयोग गर्दै विभिन्न व्यक्तिहरूलाई सन्देश पठाई आर्थिक सहयोग मागिरहेको बताएकी हुन्।

जुन सन्देशहरू आफूले नपठाएको र प्रयोग गरिएको नम्बर पनि आफ्नो नभएको सम्बन्धित व्यक्तिले स्पष्ट पारेकी छिन्। उक्त व्यक्तिले पैसा माग्नका लागि ९७००४४५३७५ प्रयोग गरेका छन्। घटनाबारे नेपाल प्रहरी तथा सम्बन्धित दूरसञ्चार निकायलाई औपचारिक जानकारी गराइसकिएको पनि उनले बताएकी छिन्।