साताको ४ कारोबारको दिन नेप्से २९.१६ अंकले घट्दा खुम्चियो कारोबार रकम


काठमाडौं – यस साता शेयर बजार दोहोरो अंकले बटेर बन्द भएको छ । यस साता शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा २९.१६ अंकले घटेर बन्द भएको हो ।

यस साता भरि भएको ४ कारोबारमा २ दिन बजार बढेको छ भने २ दिन बजार ओरालो लागेको हो। यससँगै, साता भरमा कुल १५ अर्ब माथिको शेयर कारोबार भएको छ ।

साताभरको शेयर कारोबारको विवरणअनुसार आइतबार १९.९२ अंकले घटेर बजार २५ सय ९५ दशमलव १० को बिन्दुमा बजार बन्द भएको थियो । त्यस्तै, सोमबार पुनः शेयर बजार ओरालो लागेर १३.८८ प्रतिशतको गिरावट सहित बजार २५ सय ८१ दशमलव २१ को बिन्दुमा बजार बन्द भएको थियो ।

त्यसैगरी, साताको तेस्रो कारोबारको दिन मंगलबार भने नेप्से ३.२७ अंकले बढेर बजार २५ सय ८४ दशमलव ४९ को बिन्दुमा बजार बन्द भएको थियो । त्यस्तै, बुधबार बजार झिनो अंकले बढेर १.३७ अंकको वृद्धिसँगै बजार २५ सय ८५ दशमलव ८७ को बिन्दुमा बन्द भएको थियो ।

कुन दिन कति कारोबार ?
आइतबार ४ अर्ब ४४ करोड
सोमबार ३ अर्ब ४७ करोड
मंगलबार ३ अर्ब ३९ करोड
बुधबार ३ अर्ब १९ करोड