काठमाडौं – क्रोएसिया र न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङका ३५ वर्षीय शैलेन्द्र शाक्य र रामेछापका ३६ जित बहादुर जर्घा मगर रहेका छन् ।
उनीहरुले बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि क्रोएसिया र न्युजिल्यान्ड पठाइदिन्छु भन्दै १२ लाख ठगी गरेको छन् । पक्राउ पर्नेमा शाक्यले १ जनालाई क्रोएसिया पठाइदिन्छु भन्दै ५ लाख र मगरले न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ७ लाख १० हजार ठगी गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभागमा पठाएको प्रहरीले जनाएको छ ।





About Us
प्रतिक्रिया