बैंकिङ्ग कसुर मुद्दामा दुई करोड बिगो भएका एक जना प्रहरीको फन्दामा 


काठमाडौं –  बैंकिङ्ग कसुर मुद्दाका चार वटा मुद्दामा फरार भएका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम घर भई हाल काठमाडौं बस्ने ३० सन्तोष कुमार साह रहेका छन् । 

झापा जिल्ला अदालतबाट पक्राउ पुर्जी भएका उनलाई काठमाडौं अपराध अनुसन्धान कार्यलयबाट खटिएका प्रहरीका टोलीले काठमाडौं चण्डोलबाट पक्राउ गरेको हो । प्रहरीकाअनुसार उनको प्रहरी कार्यालय महोत्तरीमा बैंकिङ्ग कसुर मुद्दामा १ करोड ५२ लाख  बिगो, इलाका प्रहरी कार्यालय गौशाला महोत्तरीमा बैंकिङ्ग कसुर मुद्दामा २० लाख बिगो,जिल्ला प्रहरी कार्यालय धनुषामा बैंकिङ्ग कसुर मुद्दामा ८ लाख  बिगो र जिल्ला प्रहरी कार्यालय झापामा  बैंकिङ्ग कसुर मुद्दामा ३० लाख बिगो रहेको खुल्न आएको छ ।

उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ।