काठमाडौं – चेक अनादर मुद्दामा १० लाख रुपैयाँ बिगो भएका फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेह्रथुम घर भई काठमाडौं टोखा बस्ने ४४ राम प्रसाद भट्टराई रहेका छन् ।
चेक अनादर मुद्दामा काठमाडौं जिल्ला अदालत, बबरमहलले १० लाख रुपैयाँ बिगो र सोको ब्याज तिर्नुपर्ने फैसला सुनाएको थियो। साथै, अदालतले उनलाई २ वर्ष कैद सजाय तोक्दै पक्राउ पुर्जी जारी गरेको थियो।
पक्राउ पुर्जी जारी भएपछी फरार रहेका भट्टराईलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौंको टोखा नगरपालिका–६, धापासी क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत, बबरमहल पठाइएको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया