काठमाडौं – प्रहरीले जुवा तास खेलिरहेको अवस्थाका विभिन्न स्थानबाट ३१ जना जुवाडेलाई पक्राउ गरेको छ। भक्तपुरको सूर्य विनायक नगरपालिका–५ चुनदेवीबाट जुवातास खेलिरहेको अवस्थामा भक्तपुर सूर्य विनायक बस्ने रामेछाप मन्थली नगरपालिका–७ घर भएका ३२ वर्षीय कुशल मगर समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५२ हजार ४ सय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो।
यसैगरी भक्तपुर, भक्तपुर नगरपालिका– ८ च्यामासिंह बस्ने माईला मारीखुको घरमा जुवातास खेलिरहेको अवस्थामा चाँगुनारायण नगरपालिका– ७ बागेश्वरी बस्ने ५१ वर्षीय नारथ कार्की समेत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई ७३ हजार ७ सय २५ रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो।
ललितपुरको महालक्ष्मी नगरपालिका– २ आँगन पाटी प्यालेसको पछाडि रहेको टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका– १ इमाडोल बस्ने गोरखा घर भएका ३२ वर्षीय सुनिल क्षेत्री समेत ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त सातदोवाटोबाट र प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९८ हजार ४ सय ४७ रुपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो।
दार्चुलाको महाकाली नगरपालिका– ४ नमुना टोल खलंङ्गा बजार बस्ने ४२ वर्षीय गौरव लाल चुनाराको घरमा जुवातास खेलिरहेको अवस्थामा गौरव समेत ६ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार ५ सय ८५ रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया