काठमाडौं – यही पुष ७ गतेदेखि सर्वसाधारणका लागि खुलेको रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक शेयर (आईपीओ)मा डेढ करोड कित्ताभन्दा बढीको आवेदन परेको छ। कम्पनीले ९ लाख २४ हजार ७६८ कित्ता शेयर आईपीओ बिक्री खुलाएको थियो। जसमा १ करोड ५७ लाख कित्ताभन्दा बढीको आवेदन परेको हो।
यो आईपीओमा १२ अर्ब ८८ करोड रुपैयाँको आवेदन परेको छ। कम्पनीले सर्वसाधारणका लागि पुष ७ गतेदेखि ११ गतेसम्मको अवधिका लागि प्रतिकित्ता ८२० रुपैयाँका दरले साधारण शेयर बिक्री खुलाएको थियो। आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आईएमई बैंक रहेको छ ।



About Us
प्रतिक्रिया