काठमाडौं – हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।
सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्न नेपाल राष्ट्र बैंक पठाउने निर्णय सो बैठकले गरेको छ। बैंकले ३ आव वर्ष यता लगातार शेयरधनीको हात खाली बनाउँदै आएको छ।
आर्थिक वर्ष २०७८/०७९ मा १९.११ प्रतिशत लाभांश वितरण गरेपश्चात् हालसम्म लाभांश दिएकाे छैन।



About Us
प्रतिक्रिया