काठमाडौं – पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँ घर भई ललितपुर बस्ने ३२ वर्षीय रोविन जिआर र ओखलढुंगा घर भई काठमाडौं बस्ने ४८ वर्षीय गिता माया मगर रहेका छन्।
उनीहरूले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै १० लाख ५० हजार ठगी गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका मध्ये जिआरले १ जनालाई पोर्चुगल र मगरले २ जनालाई रोमानिया पठाइदिन्छु भन्दै ठगी गरेका हुन्।
उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया