काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा नगर्ने भएको छ। बैंकको पुस ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने नियण गरेको हो।
यस वर्षपनि लाभांश नपाएपछि शेयरधनीकाे हात खाली भएकाे ३ वर्ष पुगेकाे छ। बैंकले आर्थिक वर्ष २०७८/७९ मा बोनश र नगदसहित ११ प्रतिशत लाभांश दिएपश्चात् दिएको छैन।
बैंकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्न नेपाल राष्ट्र बैंक पठाउने निर्णय सो बैठकले गरेको छ।



About Us
प्रतिक्रिया