काठमाडौं – प्राइम कमर्सियल बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा राखेको हो।
बैंकको पुष ३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार सो शेयर खरिदका लागि पहिलो प्रथामिकता बैंकको विद्यमान संस्थापक शेयरधनीलाई दिएको छ।
सो शेयर खरिद गर्न इच्छुक बैंकको विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकका कम्पनी सचिव कार्यालयमा आवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया