काठमाडौं – सर्वोच्च अदालतले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ नरोक्न आदेश दिएको छ। आईपीओको प्रक्रिया बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा सर्वोच्च अदालतले आदेश दिन अस्वीकार गरेसँगै कम्पनीको आईपीओ नरोकिने भएको हो।
नेपाल शेयर बजार लगानीकर्ता संघ नामक संस्थाको तर्फबाट महासचिव खगेन्द्रराज कँडेल मंसिर २२ गते रिट निवेदन लिएर सर्वोच्च पुगेका थिए।
तर, २३ गते सर्वोच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीले मुद्दा दरपिठको आदेश दिएका थिए। दरपिठको आदेशविरुद्ध इजलासमा निवेदन पुगेपछि २६ गते रिट दर्ता भएको थियो।






About Us
प्रतिक्रिया