काठमाडौं – प्रहरीले जुवा तास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १४ जना जुवाडेलाई पक्राउ गरेको छ। भक्तपुरको भक्तपुर नगरपालिका– ७ गोलमडीबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६२ वर्षीय राधेश्याम सैजु समेत १२ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १४ हजार ९ सय ५० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो।
त्यस्तै, नवलपरासी पूवको मध्यबिन्दु नगरपालिका– ३ बर्मस्थान बस्ने ५२ वर्षीय नन्दराज गुरूङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा नन्दराज र सोही नगरपालिका– २ बस्ने ४२ वर्षीय तेज बहादुर चौधरीलाई गए राति प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४७ हजार ८ सय ८५ रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया