रिलायन्स स्पिनिङको आईपीओ छानबिन गर्न सेबोनले बनायो समिति


काठमाडौं – रिलायन्स स्पिनिङ मिल्सको आईपीओ छानबिन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले छानविन समिति बनाएको छ । अर्थमन्त्रालयले आईपीओको विषयमा छानबिन गरी आवश्यक कारबाही गर्न बोर्डलाई पत्र काटेको थियो ।

सेबोनले सोहि पत्रका आधारमा बिनोद कुमार भट्टराईको संयोजकत्वमा बोर्ड सदस्यहरू आनन्द राज शर्मा वाग्ले र पिताम्बर भण्डारी सदस्य रहने गरी छानबिन समिति बनाएको हो । ‘शेयर बुक बिल्डिङ्ग प्रक्रियाबाट निष्काशन गर्ने सम्बन्धमा भएका काम कारबाहीका सम्बन्धमा निष्पक्ष छानविन गरि १५ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्नेछ’ बोर्डले भनेको छ । बोर्डले आवश्यकताअनुसार अन्य व्यक्तिलाई समेत आमन्त्रित गर्न सक्ने गरी समिति गठन गरेको हो ।