रिलायन्स स्पिनिङ मिल्सको आईपीओ छानविन गर्न सेबोनलाई अर्थले काट्यो पत्र


काठमाडौं – अर्थ मन्त्रालयले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ छानविन गर्न नेपाल धितोपत्र बोर्ड (सेबाेन) लाई पत्र काटेको छ । मन्त्रालयले मिल्सको आईपीओको विषयमा छानविन गरी आवश्यक कारबाही सम्बन्धमा बोर्डलाई पत्र काटेको हो ।

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले रिलायन्स स्पिनिङ मिल्सको शेयर बुक बिल्डिङ्ग प्रकियाबाट निष्काशन गर्ने सम्बन्धमा भएका काम कारबाही तथा अन्य विषयहरुमा मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

सेबोनलाई काटेको पत्रमा अर्थले भनेको छ, ‘प्रस्तुत विषयमा रिलायन्स स्पिनिङ मिल्सको सेयर बुक बिल्डिङ प्रक्रियाबाट निस्काशन गर्ने सम्बन्धमा भएका काम कारबाही तथा तहाँसँग सम्बन्धित अन्य विषयहरुमा विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार उपर मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ, संलग्न उजुरी समेतमा उठाइएका विषयहरु सम्बन्धमा छानविन गरी आवश्यक कारबाही गर्नुहुन र सोको जानकारी मन्त्रालयमा पठाउनु हुन २०८२ मंसिर २९ को राजस्व सचिवस्तरको निर्णय अनुसार पाना संलग्न राखि अनुरोध छ ।’