काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०.६६ अंकले घट्दा समेत ५ कम्पनीका लगानीकर्ताले भने सबैभन्दा बढी कमाएका छन्। आज सर्वाधिक कमाउने कम्पनीहरूमा स्वस्तिक लघुवित्त, एसवाई प्यानल नेपाल, सिन्धु विकास बैंकका लगानीकर्ता रहेका छन्। त्यस्तै, सीवाईसी नेपाल लघुवित्त र सप्तकोसी डेभलपमेन्ट बैंकका लगानीकर्ताले समेत आज सबैभन्दा बढी कमाएका छन्।
जसमा स्वस्तिक लघुवित्त र एसवाई प्यानल नेपालका लगानीकर्ताले १०/१० प्रतिशतका दरले कमाएका छन् भने सिन्धु विकास बैंकका लगानीकर्ताले ९.५६ प्रतिशत, सीवाईसी नेपाल लघुवित्तका लगानीकर्ताले ४.८७ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४.४४ प्रतिशतका दरले कमाएका हुन्।
त्यसैगरी, बाराही हाइड्रोपावर पब्लिकका लगानीकर्ताले आज सबैभन्दा बढी गुमाएका छन्। यस कम्पनीको लगानीकर्ताले ४.७६ प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै, गुहेश्वरी मार्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सका लगानीकर्ताले ३.१३ प्रतिशतका दरले गुमाएका छन्।
यससँगै आज बाराही हाइड्रोपावर पब्लिकको सबैभन्दा बढी शेयर कारोबार भएको छ। यस कम्पनीको २४ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, राधि विद्युत कम्पनीको १८ करोड ३५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, बुटवट पावर कम्पनीका लगानीकर्ताले १६ करोड १० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी ङादी ग्रुप पावरको १० करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।





About Us
प्रतिक्रिया