कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच उद्यमशीलता सुदृढीकरणका लागि सम्झौता


काठमाडौं – सेवा, प्रक्रिया अनि रणनैतिक साझेदारी मार्फत दिगो विकास प्रवर्द्धनमा प्रतिबद्ध कुमारी बैंक लिमिटेडले उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका लागि वीनरक इन्टरनेशनल सँग सम्झौता गरेको छ ।

यस सहकार्य अन्तर्गत बैंक र विनरकले संयुक्तरुपमा लक्षित समुदायको उद्यमशीलता विकास, वित्तीय साक्षरता विकास, उद्यमीहरूको प्राविधिक तथा व्यवस्थापकीय क्षमता सुदृढीकरण र दिगो व्यावसायिक योजना निर्माणमा क्षमता विकास गर्ने छन्।

दिगो बैंकिङ्ग , वित्तीय समावेशीकरण अनि स्थानीय उद्यम सुदृढीकरण तथा प्रवर्द्धनमा कुमारी बैंकको प्रतिबद्धतालाई पुनः प्रस्ट पार्दै दिगो बैंकिङ्ग विभागका प्रमुख अर्पण पौडेल भन्छन् ‘यस सहकार्य मार्फत बैंक लक्षित समूहको वित्तीय समृद्धि अभिवृद्धि गर्न तर्फ निरन्तर प्रयत्नशील रहनेछ’।

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखा रहित बैंकिङ्ग इकाईहरू तथा ३१७ एटिएम मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ।