स्रोत नखुलेको नगद १५ लाख ३४ हजारसहित दुई जना पक्राउ


काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिका– १ कोशीपुलबाट स्रोत नखुलेको नगद १५ लाख ३४ हजार रुपैयाँ सहित २ जनालाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनकुटा सहिदभुमी गाउँपालिका–२ बस्ने २० वर्षीय अपित राई र ३१ वर्षीय कबिराज राई रहेका छन्। 

अस्थायी प्रहरी पोष्ट चतरापुलबाट खटिएको प्रहरीले धरानबाट चतरापुलतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०१६ प ५७३३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक कबिराज र मोटरसाइकलमा सवार अपितलाई पक्राउ गरेको हो। यस सम्बन्धमा  आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।