काठमाडौं – काठमाडौं जिल्लामा मंसिर महिनाभरमा ३५१ वटा आर्थिक अपराधका उजुरी दर्ता भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंसिर महिनामा जिल्लाभर कुल ७७१ वटा विभिन्न प्रकृतिका उजुरी दर्ता भएका हुन्। जसमध्ये ३५१ वटा उजुरी आर्थिक अपराधसँग सम्बन्धित रहेका छन्।
प्रहरीका अनुसार आर्थिक अपराधअन्तर्गत ठगी, बैंकिङ्ग कसुर, चेक अनादर, अनलाइन ठगी, सहकारी ठगी, वैदेशिक रोजगारी ठगी तथा लगानीका नाममा गरिएको ठगीजस्ता मुद्दाहरू बढी देखिएका हुन्।
कुल उजुरीमध्ये करिब आधाभन्दा बढी आर्थिक अपराधसँग सम्बन्धित उजुरी रहेका छन्। जसमा बैंकिङ्ग कसुर अन्तर्गत ४८ वटा रहेका छन्।






About Us
प्रतिक्रिया