काठमाडौं – चेक अनादर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको डिल्ली बजार घर भई काठमाडौंको चप्पलकारखाना बस्ने ७७ वर्षीय शोभन शम्शेर जबरा रहेका छन्।
उनलाई चेक अनादर मुद्दामा काठमाडौं जिल्ला अदालत, बबरमहलले बिगो रकम १० लाख र सोको ब्याजसहित सजाय सुनाएको थियो। प्रहरीका अनुसार काठमाडौं जिल्ला अदालतको फैसलाले बिगो बमोजिमको रकम असुल गरी उनलाई कानुन बमोजिम २ वर्ष कैद सजाय तोकिएको थियो।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौंको दरबारमार्ग क्षेत्रबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत, बबरमहलमा पेश गरिएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया