काठमाडौं – बोटलर्स नेपाल (बाजालु) लिमिटेड र बोटलर्स नेपाल (तराई) ले आफ्ना शेयरधनीलाई वार्षिक साधारण सभामा बोलाएको छ। यी कम्पनीहरूको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले सो सभा पुस २३ गते बोलाएको हो।
जसमा बोटलर्स नेपाल बालाजुको ४७ औँ सभा काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यति मा दिउँसो ३ बजेदेखि र बोटलर्स नेपाल तराईको ३९औँ सभा सोही स्थानमा बिहान ११ः३० बजेदेखि बस्ने भएको हो।
दुवै कम्पनीले शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरिसकेका छन्, साधारणसभाले गत आर्थिक वर्षको प्रतिवेदन र वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण् गर्नेछ।
बोटलर्स नेपाल बाजालुले १ जना सर्वसाधारण शेयरधनी सञ्चालकको निर्वाचन पनि गर्नेछ। साधारणसभा प्रयोजनार्थ दुवै कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने भएकाले पुस ८ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन सक्नेछन्।






About Us
प्रतिक्रिया