काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि युके पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका– १५ घर भएका ५० वर्षीय लाल बहादुर बराइली रहेका छन्।
उनले युके पठाइदिन्छु भन्दै ५२ लाख ठगी गरेको प्रहरीले जनाएको छ। उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया