काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका– २१ सेतोवहाल घर भई काठमाडौं महानगरपालिका– ११ भोटेवहाल बस्ने ४१ वर्षीय मनोहर लाल श्रेष्ठ रहेका छन्।
उनीमाथि बैंकिङ्ग कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन कैद र ३६ लाख जरिवाना भएको तोकिएको प्रहरीले जनाएको छ। साथै, उनी माथि अन्य पाँच वटा मुद्दाहरुमा समेत फरार रहेको अभिलेखमा देखिएको प्रहरीले बताएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई स्वयम्भुबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत बबरमहल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया