काठमाडौं – नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक कुमार खड्काको फेसबुक पेज ह्याक भएको छ । कम्पनीले नै एक सूचना जारी गरेर सीईओको फेसबुक पेज ह्याक भएको जानकारी गराएको हो ।
कम्पनीकाअनुसार सीईओको फेसबुक पेज तथा आईडी ह्याक गरेर रकम माग गर्ने गरेको पाइएको छ । कम्पनीले विवरण प्रकाशित गर्ने, सूचना दिने सम्बन्धी कुनै पनि पोष्टहरुमा विश्वास नगर्न र त्यस्ता विवरणहरु प्रति प्रमुख कार्यकारी अधिकृत र कम्पनी जवाफदेही नहुने बताएको छ । कम्पनीले फेसबुक पेज तथा आईडी रिकभर भए पश्चात जानकारी गराउनेछ ।






About Us
प्रतिक्रिया