राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक भण्डारी बने सेबोनका सञ्चालक


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) को सञ्चालकमा पिताम्बर भण्डारी नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भण्डारीलाई अर्थमन्त्री रामेश्वर खनालले सेबोनको सञ्चालकमा नियुक्त गरेका हुन् ।

सेबोनको सञ्चालकमा भण्डारीले नियुक्ती पाएसँगै सेबोनको सञ्चालक समितिले पुर्णता पाएको छ । भण्डारीसँग बैंक तथा वित्तीय क्षेत्रको तीन दशक लामो अनुभव छ ।