काठमाडौं – आज साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार दोहोराे अंकले घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज १२.५० अकंले घटेर २५ सय ८४ दशमलव ८७ को बिन्दुमा कायम भएको छ। आज ३३० कम्पनीको १ करोड १२ लाख ७२ हजार १६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७४ लाख रुपैयाँको शेयर कारोबार भएको हो।
आज ५६ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको घटेसँगै ६ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा धेरै कुमारी बैंक प्रमोटर शेयरको शेयर कारोबार भएको छ । यस कम्पनीको आज २६ करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । त्यस्तै, ङादी ग्रुप पावरको १८ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यससँगै आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, एसवाई प्यानल नेपालका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन्।
त्यस्तै, आज सबैभन्दा धेरै गुमाउनेमा सिटी होटेलका लगानीकर्ता रहेका छन् । यस कम्पनीका लगानीकर्ताले आज ६.६२ प्रतिशतका दरले गुमाएका छन् ।





About Us
प्रतिक्रिया