काठमाडौं – कुमारी बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई २५ औँ वार्षिक साधारण सभामा बोलाएको छ। बैंकको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस ३० गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे सो सभा बोलाएको हो।
बैंकले यस अघि नै लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ। साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ।
\त्यस्तै, आर्थिक वर्ष २०८२/०८३ को लागि लेखा परीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारण सभाले पारित गर्नेछ।
साथै, सो सभा प्रयोजनार्थ बैंकले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा पुस १७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरूले मात्रै उक्त सभामा भाग लिन सक्नेछन्।






About Us
प्रतिक्रिया