६ जना जुवाडे पक्राउ, ९८ हजार बरामद 


काठमाडौं – काठमाडौंको महानगरपालिका– ३१ शंखमुलस्थित होटलबाट जुवा तास खेलिरहेको अवस्थामा जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका– ६ टिकाथाली बस्ने सुनसरी इटहरी उपमहानगरपालिका– ६ घर भएका ३८ वर्षीय जनक कार्कीसहित ६ जना रहेका छन्।

प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९८ हजार ८ सय ५५ रुपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।