सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकलाई आईपीओ निष्कासन गर्न बोर्डले दियो अनुमति


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सूर्य कुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ। बोर्डले कम्पनीलाई आज मंसिर २५ गते आईपीओ निष्कासनको अनुमति दिएको हो। 

कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशतले हुन आउने १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्कासन गर्नेछ।

 कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटल लिमिटेड गर्नेछ।