काठमाडौं – सिद्धार्थ बैंकले ऋण स्वीकृति गरेर भुक्तानी दिन नसक्ने स्थिती रहेको भन्दै ग्राहकहरुलाई मिटरब्याजी सम्म पुर्याउने गरेको पाइएको छ । कर्जा स्वीकृति गरेको वर्षौंसम्म पनि भुक्तानी नगरेको बैंकले मिटर ब्याजी र निजी साहु महाजनहरूसमक्ष ऋणीलाई पुर्याउने गरेको पाइएको हो ।
बैंकले विभिन्न बैंकहरुको कालोसूचीमा समेत रहेका व्यक्तिहरुलाई समेत ऋणीसँग पहिचान गराएर ग्राहकलाई दुःख दिने गरेको विषय बाहिरिएको हो । ‘युवा उद्यमीको हैसियतले, सपनाहरू साकार पार्ने आशामा बैंकमाथि भरोसा गरेका थियौं । तर, बैंकको कार्यशैलीले हामीलाई सहयोग नगरेर मानसिक तनाव, निराशाजनक अवस्थासम्म पुर्याएको छ’ व्यवसायी विभा सिंहले बैंकिङ्ग समाचारसँग भनिन् ।
उनले बैंकका ब्रान्च मेनेजरले नै स्थानीय मिटर ब्याजीबाट पैसा लिन एक किसिमको दबाब दिएका थिए । बैंकका ति कर्मचारीले कसबाट पैसा लिनुपर्ने भनेर विशेष नाम नै तोकेर निर्देशन दिएको बताइन् । उनले बैंकबाट ऋण स्वीकृति गरेर भुक्तानी नदिएको २ वर्षपछिको अवधिमा बैंकका कर्मचारीहरुबाट धेरै अवैध गतिविधिहरू भोग्नु परेको उल्लेख गरिन् ।
ऋण स्वीकृत गरेर भुक्तानी नगरेको बैंकको ब्रान्च मेनेजर र प्रदेश प्रमुखले नै बैंकले कर्जा दिन नसक्ने अवस्था रहेको भन्दै कर्जाको लागी मिटरब्याजीसम्म पुर्याएको उनको आरोप छ । उनीहरुलाई बैंकका कर्मचारीले भेटाएको मिटरब्याजमा लगानी गर्नेहरुले आफुहरुसँग ऋण लिन दवाव दिएको उनको भनाई छ । क्षेत्रिय प्रमुख कमल बस्नेत र शाखा प्रमुख नुतन गिरीले मिटरब्याजीलाई भेटाउने प्रपञ्च रचेको सिंहको आरोप छ ।
मिटरब्याजीले रातीमा पनि फोनमार्फत् उनको श्रीमान्लाई धम्क्याउने समेत गरेको उनको भनाई छ । ‘बैंकका कर्मचारीले चिनाएको मिटरब्याजीहरुले कर्जा लिन दवाव त दिन्थ्यो नै । रातिमा समेत फोनमार्फत् थर्काउने किसिमका गतिविधि समेत गरे’ उनले बैंकिङ्ग समाचारसँग भनिन् । यसैबिच उनले बैंकले नै चिनाएको राजेन्द्र थापासँग कर्जा नै लिएको समेत बताइन् । उनकाअनुसार एक मिटरब्याजीले भने घरमै आएर ज्यानमार्ने धम्कि समेत दिएका कारण उनीविरुद्ध उजुरी नै दर्ता भएको थियो ।
उनले इटहरी प्रहरी वृतमा ति व्यक्तिविरुद्ध उजुरी गरेको बताइन् । उनले बैंकको उद्धेश्य रोलिङ्ग मिल सञ्चानल गर्न नदिने भएको अनुमान लगाएको बताएकी छिन् । यसमा राजनीतिक हस्तक्षेप पनि भएको बताइन् । कमिसन बेसमा काम गर्नेहरु बढ्दा पनि आफ्नो व्यवसाय धरापमा परेको बताइन् ।






About Us
प्रतिक्रिया