लाभांश प्रस्ताव पारित गर्न नेपाल एसबीआई बैंकले बोलायो साधारण सभा


काठमाडौं – नेपाल एसबीआई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न ३२ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

बैंकको  मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार सो सभा आगामी पुस १८ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बोलाएको हो । सो सभा बिहान ११ बजे शुरु हुनेछ । 

सो सभाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने, लेखा परीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।

सो सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जसअनुसार पुस ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले बैंकको सो सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।