काठमाडौं – रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले मंसिर २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन तथा बिक्री खुला गरेको सो आईपीओमा आवेदन दिने मंसिर २५ गते अन्तिम दिन रहेको छ।
कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याइएको साधारण शेयरको १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता शेयर निष्कासन गरेको हो। सो शेयरमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले आज बैकिङ्ग समय पश्चात सो शेयरका लागि आवेदन लिने कार्य बन्द गरिने कम्पनीले जनाएको छ।
लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ्गद्वारा सञ्चालित सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।






About Us
प्रतिक्रिया