प्रि ओपन सेसनमा ०.९२ अंकले घट्यो नेप्से


काठमाडौं – आज बिहिबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबारको दिन ५.०३ अंकले घटेर परिसूचक २६ सय ९ दशमलव ३ को बिन्दुमा बन्द भएको बजार यसदिन सो सेसनमा ०.९२ अंक घटेर २६ सय ८ दशमलव १० को बिन्दुमा कायम भएको छ।

आजको प्रि ओपन सेसनभरिमा १८ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ कम्पनीको शेयर मूल्य घटेसँगै ४ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। यस सेसनमा १ करोड ४३ लाख १ हजार रुपैयाँ बराबरको शेयर कारोबार हुँदा ३४ हजार कित्ता शेयर किनबेच भएको छ।