कुमारी बैंकको ३ लाख बढी संस्थापक शेयर बिक्रीमा


काठमाडौं – कुमारी बैंकले आजदेखि ३ लाख बढी संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख ५१ हजार ३ सय २७ कित्ता शेयर बिक्रीमा राखेको हो ।

सो शेयर खरिदका लागि पहिलो चरणका लागि बैंकको विद्यामान संस्थापक शेयरधनीलाई प्राथामिता दिएको बैंकले जनाएको छ । 

उक्त शेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा आवेदन दिन सक्नेछन् ।

इच्छुकले बैंकको शेयर रजिस्ट्रार कार्यालय कुमारी क्यापिटल काठमाडौं–१ नक्साल नागपोखरी वा बैंकको प्रधान कार्यालय काठमाडौं–२ टंगालमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।